शिक्षक सेवा आयोगले अहिले वार्षिक कार्यतालिका तयार गरिरहेको र सोही कार्यतालिकाअनुसार लाइसेन्स, शिक्षकको विज्ञापन र बढुवाको विज्ञापन खुल्ने जनाएको छ ।
आयोगले माध्यमिक तहका केही नयाँ विषयहरूको पाठ्यक्रम समेत तयार गरिरहेको छ । पाठ्यक्रम तयार भएको ३ महिनापछि मात्र विज्ञापन खोल्नुपर्ने कानुनी प्रावधान छ । विज्ञापन कहिले खुल्छ भन्ने बारेमा चाहिँ तत्काल केही भन्न नसकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताएका छन् ।
शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा लिने तयारी अघि बढेको छ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने गरी परीक्षाको तयारी अघि बढाएको हो ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना कम देखिएको हो ।
उनले भने,‘अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेको र तत्काल लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना छैन।’ श्रोतका अनुसार मङ्सिर तेश्रो साता लाइसेन्स परिक्षा लिने तयारी अनुसार काम शुरु भएको छ।
वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र लाइसेन्स परीक्षा गर्ने तयारी आयोगले अघि बढाएको हो ।

1 Comments
दोधारको प्रश्न शिक्षक सेवा आयोगलाइ अब खुल्ने शिक्षक लाइसेनसको पाठयक्रम पुरानै हुनछकि केहि फेरबदल हुन्सकछ सरहरु जानकारी पाउन
ReplyDelete