महत्वपुर्ण सामान्य ज्ञान

 



नेपाल कुन महादेशमा पर्छ ?

 एसिया

नेपालको कुल क्षेत्रफल कति छ ?

 १,४७,१८१ वर्ग कि.मि.(५६,८२७ वर्ग माइल)
नेपालले विश्वको कुल भूभाग मध्ये कति प्रतिशत भूभाग ओगटेको छ ?
 ०.०३ प्रतिशत
नेपालले एसिया महादेशको कुल भूभाग मध्ये कति प्रतिशत भूभाग
ओगटेको छ ?
 ०.३ प्रतिशत
नेपालले दक्षिण एसियाको कुल भूभाग मध्ये कति प्रतिशत भूभाग
ओगटेको छ ?
 करिव ३ प्रतिशत
नेपाल भौगोलिक हिसावले कस्तो मुलुक हो ?
 भुपरिवेष्ठित
नेपालको उत्तरमा कुन मुलुक रहेको छ ?
 चीन
नेपालको दक्षिण, पुर्व र पश्चिममा कुन मुलुक रहेको छ ?
 भारत
नेपालको पूर्वी सिमानामा भारतको कुन प्रदेश पर्छ ?
 वंगाल
नेपालको पश्चिमी सिमानामा भारतको कुन प्रदेश पर्छ ?
 उत्तराञ्चल
नेपालको दक्षिणी सिमानामा भारतको कुन प्रदेश पर्छ ?
 उत्तर प्रदेश र विहार प्रदेश
नेपाल कुन देशान्तरको विचमा अवस्थीत छ ?
 ८०º ४ꞌ पुर्वी देशान्तरदेखि ८८º १२ꞌ पुर्वी देशान्तरसम्म
नेपाल कुन अक्ष्ााँस रेखा विचमा अवस्थित छ ?
 २६ º २२ꞌ उत्तरी अक्ष्ााँसदेखि ३० º २७ꞌ उत्तरी अक्ष्ााँससम्म
नेपालको उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाइ कति छ ?
 २४१ कि.मि.
नेपालको उत्तरदेखि दक्षिणसम्मको न्यूनतम चौडाइ कति छ ?
 १४५ कि.मि.
नेपालको उत्तरदेखि दक्षिणसम्मको औसत चौडाइ कति छ ?
 १९३ कि.मि.
नेपालको पूर्व पश्चिम औसत लम्वाइ कति छ ?
 ८८५ कि.मि.
नेपालको धरातलीय स्वरुप एवं प्राकृतिक बनोट
१. नेपाल कुन देशान्तर रेखाबीच अवस्थित छ ?
- ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म
२. नेपाल कुन अक्षांश रेखाबीच अवस्थित छ ?
- २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म
३. नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मको औसत लम्वाई कति छ ?
- ८८५ कि.मि.
४. नेपालको उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाइ कति छ ?
- २४१ कि.मि.
५. नेपालको उत्तर-दक्षिण औसत चौडाइ कति छ ?
- १४५ कि.मि.
६. नेपालको कूल क्षेत्रफल कति छ ?
- १,४७,१८१ वर्ग कि.मि. (५६, ८२७ वर्ग माइल)
७. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.कहिलेदेखि कायम भएको हो ?
- वि.सं.२०३६ देखि
८. भौगोलिक अवस्थितिको हिसाबले नेपाल कस्तो मुलुक हो ?
- भूपरिवेष्ठित
९. नेपालको सीमानादेखि नजिकमा रहेको सामुन्द्रिक इलाका कुन हो ?
- वंगालको खाडी (हिन्द महासागर)
१०. नेपालको सिमानादेखि वंगालको खाडी कति दूरीमा रहेको छ ?
- ११२६ कि.मि.
११. नेपालको उत्तरी सीमाना चीनको स्वशासित क्षेत्र तिव्वतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ८५० कि.मि.
१२. नेपालको पूर्व, दक्षिण र पश्चिम सीमाना भारतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ११८५ कि.मि.
१३. नेपालको पूर्व, पश्चिम तथा दक्षिणमा भारतको कुन-कुन प्रदेश पर्दछ ?
- पूर्वः बंगाल
- पश्चिमः उत्तराञ्चल प्रदेश
- दक्षिणः उत्तर प्रदेश र विहार प्रदेश
१४. चीन र भारत दुवै राष्ट्रलाई छुने नेपालका अञ्चलहरु कति छन् ?
- ६
१५. चीनसँग मात्र सीमाना जोडिएका नेपालका अञ्चलहरु कति छन् ?
- ४

Post a Comment

0 Comments