लाइसेन्स तयारी प्रश्नोतर सेट १ ( मावि / निमावि )

 



१.. ........ अन्तर्गत जिम्मेवारी एवम् प्रतिबद्धता विकास गर्नु, स्वव्यवस्थापन, आत्मबल/स्वाभिमानको विकास, इमानदारी/स्वअनुशासन, समय व्यवस्थापन,स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता जस्ता सिपहरु पर्दछन् ।

A. सोचाइ सिप
B. अन्तवैयक्तिक सिप
C. नागरिक सिप
D. वैयक्तिक सिप
२. . पुनर्बलरहितको सिकाइ सिद्धान्तमा जोड दिने व्यक्तिहरु को को हुन् ?
A. प्याभलभ
B. जे.वि. वाटसन
C. गुथरी
D. माथिका सबै
३. मिल्दाजुल्दा उद्दीपकहरुबिचमा फरक छुट्याएर प्रतिक्रिया देखाउनुलाई के भनिन्छ ?
A. उद्दीपक समान्यीकरण
B. उद्दीपक विभेदीकरण
C. शून्य वा विलोपको अवस्था
D. आकस्मिक प्राप्ति
४.. शैक्षिक योजनामा विकेन्द्रिकरणको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
A. आ.व. २०५८/०५९
B. आ.व. २०५९/०६०
C. आ.व. २०६०/०६१
D. आ.व. २०६२/०६३
५. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार प्रत्येक बाल बालीकाले सिक्ने अधिकार राख्छन् र सिक्न सक्छन् भन्ने कुराको आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्ने विषय कुन सक्षमतासँग समबन्धित छ ?
A. शिक्षणका सिकाइका तौर तरिका सम्बन्धी ज्ञान
B. बालबालिका सम्बन्धि ज्ञान
C. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
D. निरन्तर सिकाइ र पेसागत विकास
६ . अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षाको उत्तीर्णाङ्क ५० प्रतिशत कुन संशोधनले बनाएको हो ?
A. आठौँ संशोधन
B. नवौँ संशोधन
C. दशौँ संशोधन
D. एघारौँ संशोधन
७ . गुणस्तरीय शिक्षाका सन्दर्भमा कस्तो शिक्षा सान्दर्भिक हुन्छ ?
A. स्वच्छ प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी शिक्षा
B. देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने शिक्षा
C. समृद्ध नेपाल, सुखी नेपाली भन्ने सोच पुरा गर्न सक्ने शिक्षा
D. माथिका सबै
८ . प्राथमिकताका आधारमा सबैभन्दा महत्वपूर्ण चिठी कुनलाई मानिन्छ ?
A. साधारण चिठी
B. जरुरी चिठी
C. अति जरुरी चिठी
D. तुरुन्त चिठी
९ . नेपालमा कुन आवधिक योजना देखि सुशासनको अवधारणा आएको मानिन्छ ?
A. पाँचौँ
B. सातौँ
C. नवौँ
D. एघारौँ
१० . विद्यालय सुधार योजना (SIP) निर्माण र कार्यान्वयन गर्ने पदीय जिम्मेवारी कसको हो ?
A. शिक्षक
B. प्रधानाध्यापक
C. विद्यालय
D. शिक्षा, युवा तथा खेलकुद शाखा
११ . हिल्डा टावाका अनुसार पाठ्यक्रम विकासका चरणहरु के के हुन् ?
A. आवश्यकताको निदान
B. उद्देश्यको निर्माण
C. विषयवस्तुको छनोट
D. विषयवस्तुको सङ्गठन
E. सिकाइ अनुभवको छनोट
F. सिकाइ अनुभवको सङ्गठन
G. मूल्याङ्कनको तरिका र साधनहरुको निर्धारण
H. सबै
१२ . पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, २०७६ अनुसार पाठ्यक्रम विकासका सैद्धान्तिक आधारमा कुन पर्दैन ?
A. संवैधानिक तथा कानुनी आधार
B. राजनीतिक र समसामयीक परिवर्तन
C. संवेगात्मक तथा मनोवैज्ञानिक आधार
D. विकासका आधुनिक प्रवृत्तिगत आधार
१३ . आधारभूत शिक्षा (कक्षा ६–८) का सक्षमता कतिवटा छन् ?
A. १३ वटा
B. ११ वटा
C. ८वटा
D. १२ वटा
१४ . परियोजनमा आधारित सिकाइको प्रयोग मुख्य गरी किन गरिन्छ ?
A. विद्यार्थीहरुमा आफैँले गरेर सिक्ने बानी बसाल्न
B. शिक्षकको सहयोगमा सिक्ने बानी बसाल्न
C. सैद्धान्तिक रुपमा सिक्ने बानी बसाल्न
D. निगमनात्मक रुपमा सिक्ने बानी बसाल्न
१५ . निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा १–५ सम्म ४० प्रतिशतभन्दा कमप्राप्तङ्क ल्याउने विद्यार्थीलाई श्रेणीमा राखिन्छ ?
A. क श्रेणी
B. ख श्रेणी
C. ग श्रेणी
D. घ श्रेणी
१६ . विभिन्न मापनहरुमा देखापर्ने एकरुपता नै विश्वसनीयता हो । यो भनाइ कसको हो ?
A. जेम्स एम.लि
B. क्रोनव्याक
C. स्काइभ्रेन
D. ब्रिग्स र जस्टमेन
१७ . शैक्षिक अनुसन्धानको समस्या कस्तो कुन आवश्यक छ ?
A. अनुसन्धान गर्न सकिने र महत्वपूर्ण
B. नयाँ र सार्थक
C. अनुसन्धान गर्नका लागि लचिलो
D. माथिका सबै
१८ . तलका मध्ये प्रतिविम्बात्मक नमुनाका रुपमा कुन अनुसन्धानलाई चिनिन्छ ?
A. घटना अध्ययन
B. आधारभूत अनुसन्धान
C. कार्यमूलक अनुसन्धान
D. प्रायोगिक अनुसन्धान
१९ . विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका, २०६९ अनुसार शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशक समिति कति सदस्यीय रहेको थियो ?
A. ११ जना
B. १५ जना
C. १७ जना
D. २१ जना
२० . A, B, C, D, E and F compared their marks in an examination and found that A obtained the highest marks, B obtained more marks then D, C obtained more than at least two others and E had not obtained the lowest marks.
Consider the following statements:
Statement 1: At least two members obtained less marks than C.
Statement 2: E and F obtained same marks.
Which of the above statement (s) is/are sufficient to identify the one with the lowest marks?
A. 1 only
B. 2 only
C. Both 1 and 2
D. Neither 1 nor 2
२१ . 25/16 लाई दशमलवमा बदल्दा कति हुन्छ ?
A. 1.625
B. 1.5625
C. 1.6525
D. 15.625
२२ . माध्यमिक शिक्षाका कुल सक्षमता कतिवटा छन् ?
A. १५ वटा
B. ३६ वटा
C. ४० वटा
D. ४६ वटा

२३ . अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार नीजि विद्यालयहरुले पाँचसयदेखि आठसय जनासम्म विद्यार्थी भएमा कति प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्दछ ?
A. ५ प्रतिशत
B. १० प्रतिशत
C. १५ प्रतिशत
D. १७ प्रतिशत

२४ . राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार .......... कम्तिमा एउटा प्राविधिक तथा व्यावसायीक शिक्षा र सीप विकासका विषयगत प्रयोगशाला सहितका अनुसन्धानशालाहरु स्थापना गरिनेछ ,
A. प्रत्येक स्थानीय तहमा
B. प्रत्येक जिल्लामा
C. प्रत्येक प्रदेशमा
D. आवश्यकता अनुसार
२५ . समाज शिक्षाको व्यवस्था गर्नुपर्ने भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो ?
A. नेपालमा शिक्षा २०११
B. सर्वागिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८
C. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
D. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५
२६ . सिकेका कुराहरुलाई तत्काल स्मरण गर्ने प्रक्रियालाई के भनिन्छ ?
A. सक्रिय स्मृति
B. निष्क्रिय स्मृति
C. तत्काल स्मृति
D. स्थायी स्मृति
२७ . मानव वृद्धिको प्रत्यक्ष सम्बन्ध कुन पक्षसँग रहेको हुन्छ ?
A. विकास
B. परिपक्वता
C. सिकाइ
D. व्यवहार परिवर्तन
२८ . जिन पियाजेका अनुसार सोचाइ, सङ्ख्यात्मक अभिव्यक्ति, ठोस वस्तुको पहिचान, सामान्यीकरण तथा वर्गीकरण गर्न सक्ने चरण कुन हो ?
A. सांवेदिक क्रियात्मक चरण
B. पूर्व क्रियात्मक चरण
C. ठोस क्रियात्मक चरण
D. औपचारिक क्रियात्मक चरण
२९ . शिक्षा ऐन, २०२८ अनुसार गाउँ शिक्षा समितिले बालबालिकाहरुलाई कम्तीमा ........ सम्मको अध्ययन गराउन प्रोत्साहन गर्नुपर्दछ ?
A. प्रारम्भिक शिक्षा
B. प्राथमिक शिक्षा
C. आधारभूत शिक्षा
D. माध्यमिक शिक्षा
३० . तलका कथन मध्ये शिक्षक तालिमको आवश्यकतालाई कसले पष्टि गर्दछ ?
A. कक्षाकोठामा विभिन्न सिकाइ समूह निर्माण गरि प्रयोगात्मक रुपमा सिकाउने क्षमताको विकास गर्न
B. असल शिक्षणका विशेषताहरुको विकास गरी कार्यान्वयन गर्न
C. शिक्षक र विद्यार्थीबिच प्रजातान्त्रिक वातावरण सिर्जना गरी अन्तक्र्रिया गर्न
D. माथिका सबै
३१ . बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ अनुसार न्यूनतम कति सान्दर्भिक पुस्तक भएको पुस्तकालयको व्यवस्था गरेको छ ?
A. २५० सम्म
B. ५०० सम्म
C. १००० सम्म
D. १५०० सम्म

३२ . नेपालमा वस्तुगत प्रश्नको प्रयोग कहिलेदेखि गर्न थालिएको हो ?
A. वि.सं. २००७ पछि
B. वि.सं. २०१८ पछि
C. वि.सं. २०२८ पछि
D. वि.सं. २०३६ पछि
३३ . निर्धारित विषयवस्तुको सम्पूर्ण क्षेत्र समावेश गर्न सक्ने गुण कस्ता प्रश्नमा रहन्छ ?
A. वस्तुगत प्रश्न
B. छोटो उत्तर आउने प्रश्न
C. लामो उत्तर आउने प्रश्न
D. विषयगत प्रश्न
३४ . कुनै पनि व्यक्ति वा वस्तुले प्राप्त गरेको अङ्कको व्याख्या गर्ने कार्य कुनअन्तर्गत पर्दछ ?
A. परीक्षा
B. मापन
C. मूल्याङ्कन
D. आकलन
३५ . कार्यमूलक अनुसन्धानको चरणमध्ये पहिलो चरण कुन हो ?
A. योजना
B. कार्यान्वयन
C. अवलोकन
D. प्रतिविम्बन
३६ . कम्प्युटर अन्तर्गत अपेरिटिङ सिस्टमको मुख्य कार्य कुन हो ?
A. स्टोरेज डिभाइस व्यवस्थापन र फाइल व्यवस्थापन
B. इन्पुट, प्रोसेस र आउटपुट व्यवस्थापन
C. भित्री मेमोरी, ब्याकअप र रिकभरी व्यवस्थापन
D. माथिका सबै
३७ . विद्यालयमा प्रयोग गरिने IEMIS सफ्टवेयरमा विद्यालय व्यवस्थापन समितिको विवरण कुन बटनमा भर्नुपर्दछ ?
A. Physical
B. Misc
C. EIE
D. Report
३८ . धौलागिरी : बागलङ : : लम्बिनी ?
A. तानसेन
B. परासी
C. तम्घास
D. बुटवल
३९ . नेपालको संविधानअनुसार आर्थिक रुपले विपन्न भन्नाले के बुझिन्छ ?
A. स्थानीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
B. प्रदेश कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
C. सङ्घीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
D. वार्षिक एकलाख वा सो बराबरको आयभन्दा कम आय भएको व्यक्ति
४० . विद्यालयको सम्पत्ति संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
A. प्रमुख जिल्ला अधिकारी
B. स्थानीय शिक्षा अधिकारी
C. प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ
D. सम्बन्धित विद्यालयको प्रधानाध्यापक
४१ . अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको कुन कुन विवरण तयार गरी अभिलेखीकरण गर्नुपर्दछ ?
A. निरक्षर नागरिक
B. विद्यालय बाहिरका बालबालिका
C. दलित बालबालिका
D. माथिका सबै
४२. साधारणतया १५ वर्षदेखि ४५ वर्षसम्मका निरक्षर व्यक्तिहरुलाई दिइने शिक्षा कुन हो ?
A. आधारभूत प्रौढ साक्षरता शिक्षा
B. साक्षरोत्तर शिक्षा
C. निरन्तर शिक्षा
D. वैकल्पिक शैक्षिक कार्यक्रम
४३ . महिलाविरुद्ध हुने हिंसाको अन्त्य गर्ने संयुक्त राष्ट्रसंघीय घोषणा कहिले भएको थियो ?
A. सन् १९५३
B. सन् १९७३
C. सन् १९८३
D. सन् १९९३
४४ . नेपालमा सरकारी कागजात धुल्याउने निर्देशिका, २०२७ अनुसार अभिलेखहरु के के हुन् ?
A. काम सम्पन्न भएको १ वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख
B. काम सम्पन्न भएको ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख
C. काम सम्पन्न भएको १० वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख
D. काम सम्पन्न भएको २० वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख
E. कहिल्यै पनि नष्ट गर्न नमिल्ने वा सधैँ सुरक्षित राख्नुपर्ने अभिलेख
F. सबै
४५ . सिकाइ सहजीकरणमा कक्षाकोठाभित्रको अन्तक्र्रिया गर्नु किन आवश्यक देखिन्छ ?
A. विद्यार्थीको आन्तरिक क्षमता प्रस्फुटनमा सहयोग पुग्ने
B. सिकाइमा निरन्तर मूल्याङ्कन प्रविधिको प्रयोग गर्न
C. शिक्षण सिकाइलाई उद्देश्यपूर्ण र प्रभावकारी बनाउने
D. माथिका सबै
४६ . बहुकक्षा बहुस्तर शिक्षण प्रक्रियामा पूर्ण रुपमा शिक्षकको सहयोग आवश्यक हुने समूहलाई कति प्रतिशत समय छुट्याइएको छ ?
A. १० प्रतिशत
B. १५ प्रतिशत
C. २५ प्रतिशत
D. ५० प्रतिशत
४७. पाठ्यक्रमका साधारण उद्देश्यका विशेषताहरु कुन कुन हुन् ?
A. लामो समयमा प्राप्त हुने, अस्पष्ट
B. मापन तथा अवलोकन गर्न कठिन हुने
C. व्यापक क्षेत्रमा समेटेका, राष्ट्रिय स्तरका
D. माथिका सबै
४८ . स्थानीय तहको पाठ्यक्रम विकास, निर्माण र कार्यान्वयका सन्दर्भमा देखिएको चुनौती कुन हो ?
A. भौगोलिक, साँस्कृतिक र सामाजिक विविधतालाई सम्बोधन गर्न
B. स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन संयन्त्र तथा प्रक्रियालाई स्थापित गर्न
C. स्थानीय तहलाई पाठ्यक्रम निर्माण र कार्यान्वयनमा जिम्मेवार बनाउन
D. माथिका सबै
४९ . राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार माध्यमिक शिक्षा (कक्षा ११–१२) साधारण शिक्षा अन्तर्गत कक्षा १२ मा नभएको विषयका कुन हो ?
A. जीवनोपयोगी शिक्षा
B. मानव मूल्य शिक्षा
C. सामाजिक अध्ययन
D. विज्ञान तथा प्रविधि
५० . बालकन्द्रित शिक्षण विधि कुन वादबाट प्रेरित देखिन्छ ?
A. प्रकृतवाद
B. प्रयोगवाद
C. प्रकृतिवाद
D. प्रयोजनवाद

भिडियो कक्षाको लागी हाम्रो YOUTUBE Channel YOUTUBE लाइ subscribe गर्नु होला |

Post a Comment

0 Comments